सरकारले धेरै विषयमा गल्ती गरेको छ : विश्वप्रकाश

सरकारले धेरै विषयमा गल्ती गरेको छ : विश्वप्रकाश


काठमाडाैँ ।

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले कयौँ विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन् ।

महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न मान्छेहरूलाई आममाफी दिएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराएका हुन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले आन्दोलनरत शिक्षकहरूको सबै मागलाई पूरा हुने गरी विधेयक परिमार्जन गर्न पनि सरकारलाई दबाब दिए ।

महामन्त्री शर्माले सरकारले संसदमा पेस गरेको विधेयकलाई युग सुहाउँदो ढंगले परिमार्जन गर्न सत्ता पक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताए । महामन्त्री शर्माले विगतमा गरिएका गल्तीबाट पाठ सिकेर सरकारले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने बताए ।