इजरायलमा हमासको आक्रमणमा ९ नेपाली घाइते, दार्चुला र बझाङका २ जनाको अवस्था गम्भीर

इजरायलमा हमासको आक्रमणमा ९ नेपाली घाइते, दार्चुला र बझाङका २ जनाको अवस्था गम्भीर


काठमाडौ ।

परराष्ट्र मन्त्रालयले हमासको आक्रमणमा परी इजरायलमा ९ जना घाइते भएको जनाएको छ ।

घाइते मध्ये २ को अवस्था गम्भीर रहेको छ ।प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार गम्भीर घाइते २ जना दार्चुला र बझाङका हुन् ।

अन्य घाइते पनि सुदुरपश्चिम विश्वविधालयबाट इजरायल गएका कृषि फर्ममा काम गर्ने व्यक्ति रहेको बताइएको छ । १४ जन सो फर्ममा रहेकोमा ९ जना घाइते भएका हुन् ।

इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि मन्त्रालयले जनाएको छ । नेपाल सरकारले सबै नेपाली नागरिकको सुरक्षा, उद्धार, उपचार र सकुशल घर फिर्तिका लागि कूटनीतिक पहल तीब्र पारेको छ ।