इन्जिनियरिङ पढ्न नयाँ शुल्क तोकियो

इन्जिनियरिङ पढ्न नयाँ शुल्क तोकियो


काठमाडौं ।

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)ले सिभिल र आर्किटेक्चर इन्जिनियरिङको नयाँ शुल्क तोकेको छ ।

आइओईका सहायक डिन डा. चिन्तामणि पोख्रेलका अनुसार अब इन्जिनियरिङ पढ्नका लागि ४ लाख ९० हजार रुपैयाँ शुल्क तोकिएको छ । यसअघि यी २ विषयको शुल्क ३ लाख १८ हजार रुपैयाँ थियो ।

शुल्कको टुंगो लागेसँगै बिईको प्रवेश परीक्षा कात्तिक १५ गते हुने भएको छ ।

यसअघि आइओईले बिईको शुल्क ७ लाख ७७ हजार रुपैयाँ पुर्‍याएको थियो । तर विवाद बढेपछि २ पटक प्रवेश परीक्षा नै स्थगित गर्नुपरेको थियो ।