प्रधानाध्यापक लक्ष्मीदेवीविरुद्ध साढे १४ हजारको भ्रष्टाचार मुद्दा

प्रधानाध्यापक लक्ष्मीदेवीविरुद्ध साढे १४ हजारको भ्रष्टाचार मुद्दा


बर्दिया ।

राजपुर नगरपालिका–७ स्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १४ हजार ५ सय घुसररिसवत लिएको आरोपमा प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

उपाध्यायले सेवाग्राहीलाई जागिरमा बहाल गराउनका लागि घुस माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको पुष्टि हुन आएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालका अनुसार १४ हजार ५ सय बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।