इजरायलमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले २ लाख राहत दिने

इजरायलमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले २ लाख राहत दिने


कैलाली।

सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा आक्रमणबाट निधन भएका परिवारलाई प्रतिव्यक्ति २ लाखका दरले राहत दिने भएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिइएको हो ।

मुख्यमन्त्री शाहले मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । सिक्दै कमाउँदै कार्यक्रममा इजरायल गएका आक्रमणमा परेका सम्पर्कविहीन तथा घाइते विद्यार्थीहरुको शीघ्र खोज तथा उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणका सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।

मुख्यमन्त्री शाहले निधन भएका नेपालीहरुको शव फिर्ता ल्याउने कार्यमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, इजरायल सरकार र इजरायलस्थित नेपाली राजदूतावासलाई अनुरोध गरेका छन् ।