बंकरका विद्यार्थीलाई प्रधानमन्त्रीको फोन, इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने आश्वासन

बंकरका विद्यार्थीलाई प्रधानमन्त्रीको फोन, इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने आश्वासन


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजलरायलमा रहेका विद्यार्थीसँग सम्वाद गरेका छन् ।

प्रधानमत्री प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुमध्ये एक विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट सम्वाद गरेका हुन् ।

सम्वादका क्रममा उनले आफूले निरन्तर अपडेट लिइरहेको र नेपालमा मन्त्रिपरिषद्देखि सर्वदलीय बैठक बोलाएको बताए ।

बिपिनले आफूहरुलाई छिटोभन्दा छिटो उद्दार गर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी सबै त्यसको तयारी गरिरहेका छौं ।’

सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको भन्दै तयारी अवस्थामा बस्न पनि प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले इजरायल सरकारको अनुमति पाउनेबित्तिकै उडाउनका लागि विमान तयारी हालतमा राखिएको भन्दै धैर्य गर्न आग्रह गरे ।