दुर्गा प्रसाईँलाई कालोमोसो दलियो

दुर्गा प्रसाईँलाई कालोमोसो दलियो


काठमाडौं ।

व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ ।

कार्यक्रममा सहभागी हुन होटल हेल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।

सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिँदै आएका थिए । उनले बैंकको चर्को ब्याजदरको विरोध यसअघि विभिन्न अभियान समेत चलाएका थिए ।