अफगानिस्तानमा फेरि ६.१ रेक्टरको भूकम्प, ४ हजार बढीको मृत्यु

अफगानिस्तानमा फेरि ६.१ रेक्टरको भूकम्प, ४ हजार बढीको मृत्यु


काठमाडौं ।

अफगानिस्तानमा बुधबार ६.१ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसिएस) ले बताएको छ ।

बुधबार बिहान ६ः११ बजे १० किलोमिटरको गहिराइमा भूकम्प गएको एनसिएसले उल्लेख गरेको छ ।

भूकम्पबाट अहिलेसम्म हताहतको कुनै समाचार आएको छैन । थप विवरणको प्रतीक्षा गरिएको छ ।

तानिबान नेतृत्वको मन्त्रालयलाई उद्धृत गर्दै खामा प्रेसले अफगानिस्तानको हेरात प्रान्तमा गत शनिबार गएको भूकम्पमा परी ४ हजारभन्दा बढीको ज्यान गएको र हजारौँ आवासीय घर क्षतिग्रस्त भएको बताएको छ ।

शनिबार हेरातमा २० गाउँका १ हजार ९८३ घर क्षतिग्रस्त भएको अफगानिस्तानको तालिबान नेतृत्वको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

यद्यपि तालिबानले हेरातमा भूकम्पमा परी मर्ने र घाइतेहरूको विवरण खुलासा गरेको छैन ।

तालिबान नेतृत्वको मन्त्रालयले सोमबार भूकम्प गएको क्षेत्रमा १ हजार व्यक्तिसहित ३५ राष्ट्रिय तथा विदेशी उद्धार तथा खोज कार्यमा रहेको जनाएको खामा प्रेसले बताएको छ ।

तालिबानले भग्नावशेषमा पुरिएका उद्धार र राहत कार्य जारी रहेको बताएको छ । हेरात भूकम्पका पीडितहरूलाई युरोपेली युनियन र विश्व स्वास्थ्य संगठनले नगद, खाद्यान्न र चिकित्सा सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।