लुटेरा समूहबाट एउटा पेस्तोल र ७ राउण्ड गोली बरामद

लुटेरा समूहबाट एउटा पेस्तोल र ७ राउण्ड गोली बरामद


काठमाडौं ।

प्रहरीले गोकर्णेश्वर नगरपालिका–३, जगडोलमा लुटेरा समूहबाट एउटा पेस्तोल र ७ राउण्ड गोली बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले मोटरसाइकलमा आएका लुटेरा समूहलाई पछ्याउँदै जाँदा आक्रमण गर्न खोजेको भन्दै दुई राउण्ड गोली चलाएको थियो ।

त्यसक्रममा सिन्धुलीको कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए ।

घटनापछि सर्लाही घर भएका ३६ वर्षीय सन्त लामा र सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट पेस्तोल र गोली बरामद भएको मैनालीले बताए ।