कालापानीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न जनमोर्चाको माग

कालापानीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न जनमोर्चाको माग


काठमाडौं ।

राष्ट्रिय जनमोर्चाले भारतबाट अतिक्रमित भएको कालापानीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जानकारी नगराई कालापानीको गुञ्जि क्षेत्र भ्रमण गरेकोप्रति जनमोर्चाले आपत्ति जनाएको छ।

अध्यक्ष चित्रबहादुर केसीले आज ९असोज २६ गते० एक विज्ञप्ति प्रकाशित गरी नेपाललाई पूर्व जानकारी नगराई वा अनुमति नलिइ मोदीले कालापानीको भ्रमण गरेको भन्दै यो नेपालप्रति भारतीय ‘साम्राज्यवाद’ को हेपाहा प्रवृत्ति भएको जनाएका छन्।

नेपाललाई कुनै जानकारी नै नगरी नेपाली भूमिमा भ्रमण गर्ने कुरा अन्तर्राष्ट्रिय कुटनीति, मर्यादा तथा शिष्टाचारको उल्लंघन भएको राजमोको ठहर छ।