दसैँ बिदाको मेसोमा हेर्न जाने होइन त हिमाल !

दसैँ बिदाको मेसोमा हेर्न जाने होइन त हिमाल !


सगरमाथा

नेपाल आउने पर्यटकको प्रमुख रोजाइमा पर्ने स्थानमध्ये एक हो, सगरमाथा राष्ट्रिय निकुञ्ज यात्रा अर्थात् सगरमाथा पदयात्रा । यो पदयात्रामा बर्सेनि हजारौंको संख्यामा पर्यटक आउने गर्छन् । कोही विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि नेपाल आउाछन् भने कोही सगरमाथाको आधार शिविरसम्म पदयात्रा गरेर फर्कने गर्छन् ।

यो क्षेत्रमा नेपालीभन्दा विदेशी पर्यटकहरु बढी जाने गर्छन् । तर, पछिल्लो समय नेपाली पर्यटकहरु समेत उल्लेखनीय रुपमा आउने गरेको पर्यटन व्यवसायी बताउँछन् ।

सगरमाथा क्षेत्रमा विभिन्न पदमार्ग भए पनि विशेष गरी सगरमाथालाई आँखै अगाडिबाट हेर्ने हो भने सबैभन्दा उपयुक्त स्थल हो कालापत्थर । जुन समुद्री सतहबाट ५ हजार ५ सय ५५ मिटर उाचाइमा छ । यो नै विश्वको सर्वोच्च शिखर सगरमाथालाई नजिकबाट अवलोकन गर्ने उपयुक्त ठाउँ हो । कालापत्थरबाट ३६० डिग्रीमा हिमाल हेर्न सकिन्छ । तर, कुन हिमाल हो भनेर कुनै पनि जानकारी नहुँदा पर्यटकहरु अलमलमा समेत पर्ने गर्छन् ।

लाङटाङ हिमाली

सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा ६,४४० मिटरको उँचाइसम्म फैलिएको लाङटाङ हिमाली क्षेत्रको पहिलो राष्ट्रिय निकुञ्ज हो । ६६० वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने लाङटाङ राष्ट्रिय निकुञ्जमा चर्चित हिम उपत्यका लाङटाङ, केन्जिन भ्यालीका साथै धार्मिक स्थल गोसाइँकुण्ड छ । हिमाली क्षेत्रको पदयात्रामा लाङटाङ विश्वकै चर्चित गन्तव्यमध्येको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइँकुण्ड र लाङटाङ उपत्यका जाने छुट्टाछुट्टै ट्रेकिङ ट्रेल छन् । लाङटाङ र केन्जिन भ्याली उपत्यकाको पदयात्रा पूरा गरेर काठमाडौं फर्किन पाँच दिन लाग्छ । गोसाइँकुण्डको पदयात्रा भने चार दिनमा पूरा गर्न सकिन्छ । असोज-कात्तिक महीना लाङटाङ ट्रेकमा जाने राम्रो समय हो ।

यहाँ पदयात्राका क्रममा रेड पाण्डा, हिमचितुवा, जंगली कुकुर लगायतका जनावर पनि देख्न पाइने संयोग मिल्न सक्छ ।

एक रात बस्नुपर्ने स्याफ्रुबेसी र धुन्चेमा तातो-चिसो पानी आउने सुविधा सहितका होटलहरू१२०० देखि पाइन्छ । यस्तै, गोसाइँकुण्ड र लाङटाङ ट्रेकिङ रुटमा पनि सुविधाजनक होटलहरू छन् । सामान्य खर्च दैनिक१५०० सम्म हुन्छ ।

जोमसोम/मुक्तिनाथ

हिमाली जिल्ला मुस्ताङको राजधानी जोमसोम र त्यहाँ रहेको मुक्तिनाथ मन्दिर विश्वभर चर्चित रहेको छ । वर्षेनी लाखौं हिन्दू र बौद्धधर्मालम्बीहरु यहाँ पुग्ने गर्छन । यहाँको प्राकृतिक दृश्यावलोकनका लागि लाखौं पर्यटकहरु जोमसोम पुग्ने गरेका छन् ।
हवाई तथा यातायात दुबै सुविधा पुगिसकेको मुक्तिनाथ दसैँ विदा मनाउन जाने उपयुक्त ठाउँ हो । यो महिना पनि त्यहाँ जानका लागि उत्तम मानिन्छ । तेस्रो विश्वका रुपमा हेरिने सुन्दर भ्याली लोमान्थाङ पनि मुस्ताङमै पर्छ ।

रारा

मुगु जिल्लामा पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो । सबै नेपाली पुग्न चाहने स्थलमध्येको एक हो रारा ताल । समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उँचाइमा अवस्थित छ रारा ताल । वरिपरि जंगलको बीचमा रहेको तालले घामको किरण अनुसार आफ्नो रङ बदल्ने गर्छ । रारा तालमा विश्वमै कहीँ पनि नभेटिने स्नोट्राउट प्रजातिको माछा पाइन्छ ।

रारा तालको पूरा आकृति हेर्न समुद्री सतहबाट करिब ४ हजार मिटर उँचाइमा अवस्थित मुर्मा टप उपयुक्त ठाउँ हो । तर, आकर्षक गन्तव्य रारा तालमा जति मात्रामा बाह्य पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन । आन्तरिक पर्यटक भने उल्लेखनीय रुपमा पुग्ने गर्छन् ।

नेपालगन्जबाट ५० मिनेटको हवाई यात्रापछि पुग्न सकिन्छ मुगुको ताल्चा विमानस्थल । ताल्चा विमानस्थलबाट तीन घण्टाको पैदल यात्रापछि रारा ताल पुग्न सकिन्छ । त्यसबाहेक सुर्खेतबाट पनि रारा तालको यात्रा सुरु गर्न सकिन्छ । सुर्खेतबाट दुई दिनको बस यात्रापछि मुगुको गमगढी पुगिन्छ । गमगढीबाट तीन घण्टाको पैदल हिँडेपछि रारा ताल पुगिन्छ ।

मुस्ताङ

नेपालको घुम्नैपर्ने अर्को ठाउँ हो, मुस्ताङ । पोखरा विश्वकै सस्तो गन्तव्यका रुपमा परिचित हुँदा मुस्ताङ नेपालीका लागि लोकप्रिय ठाउँ हो । जहाँ गएपछि धेरै कुराको आनन्द लिन सकिन्छ । नेपाल जस्तो भौगोलिक बनावटमा मुस्ताङ एउटा विशेष यात्रा गर्ने ठाउँ हो ।

काठमाडौँ, पोखरा, बुटवल, नेपालगञ्जदेखि पूर्व नेपालका विभिन्न ठाउँबाट मुस्ताङ पुग्नेको संख्या बढ्दो छ । हिमाली जनजीवन र त्यहाँको कठिनाई नियाल्ने एक प्रमुख गन्तव्य पनि मुस्ताङ हो । सम्भवतः नेपालमा मुस्ताङ जस्तो भौगोलिक ठाउँ, क्षेत्र, माटो, पहाड र अवस्थितीको विशेषता अरु ठाउँमा सायदै छ । मुस्ताङ पुगेपछि नेपालको मध्य पहाडको जनजीवनबारे राम्रोसँग अध्ययन गर्न पाइन्छ ।

तिलिचो ताल

मनाङ्ग जिल्लामा रहेको यो ताल नेपालको मात्रै नभएर विश्वकै अग्लो स्थानमा रहेको ताल हो । समूद्री सतहदेखि झण्डै पाँच हजारको उचाइमा रहेको छ यो ताल । यो ताल तिलिचो लेक ट्रेकका नामले पनि प्रसिद्ध छ । यो ठाउँ पनि स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि पुग्नै पर्ने स्थान हो ।

सिस्ने हिमाल

सिस्ने हिमाल उत्तरी सिमानामा अवस्थित रमणीय एवम् सुन्दर हिमाल हो । यो हिमालालाई स्थानीय भाषामा मुर्कट्टा हिमाल भनिन्छ । यो हिमाल कान्जिरोवा हिमश्रृंखला अन्तर्गत पर्दछ । यसको उचाई ५ हजार ८ सय ४१ मिटर छ ।

अन्नपूणर् क्षेत्र

अन्नपूणर् क्षेत्रमा प्राकृतिक, भौगोलिक र सांस्कृतिक रूपमा महत्वपूणर् सय किलोमिटर लामो यो पदमार्गबाट धौलागिरि, अन्नपूणर् र मनास्लुका आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।

म्याग्दी सदरमुकाम बेनीदेखि केही घन्टाको दूरीमा रहेको रघुगंगा गाउँपालिकामा पर्छ । प्राकृतिक सौन्दर्यले भरिपूणर् रुइसेछेउमै मनोरम हिमशृंखला त उभिएका हुन्छन् नै गुराँसे जंगलले पनि स्वागत गरिरहेका हुन्छन् । यतिवेला रुइसे आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको रघुगंगा-२ का वडाध्यक्ष रिमबहादुर कटुवाल बताउँछन् ।

समुद्री सतहदेखि दुई हजार ५३० मिटर उचाइमा रहेका भगवती, पिप्ले, बेगखोला, दग्नाम र चिमखोलाको सीमाक्षेत्र समेटिएको रुइसे-भेडीओढार हिमशृंखलाको काखमै छ । पूर्वमा माछापुच्छ्रे, अन्नपूणर्, नीलगिरि, धौलागिरि, पश्चिममा गुर्जा र चुरे हिमालका नजिकबाट नियाल्न सकिन्छ । म्याग्दी सदरमुकाम बेनीबाट दुई घन्टामा गलेश्वर हुँदै भगवती पुगिन्छ ।

पुथा र सिस्ने हिमाल

पूर्वीरुकुम जिल्लामा पर्ने पुथा र सिस्ने हिमाल लुम्बिनी प्रदेशमा पर्ने प्रमुख पर्यटकीय क्षेत्र हुन् । पुथा लुम्बिनी प्रदेशमा पर्ने सबैभन्दा अग्लो हिमाल हो । समुन्द्र सतहदेखि पुथा ७ हजार २४६ मिटरको उचाईमा छ भने सिस्ने ५ हजार ८४९ मिटरको उचाईमा छ । यी हिमालका वरपर विभिन्न सानाठूला हिम ताल छन् ।

पूर्वी रुकुमको उत्तरपूर्वमा रहेको मैदान डाँडा र खोर्सेबाट सिस्ने हिमाल देख्न सकिन्छ । यी हिमालमा मानिसहरु नचढेकाले कन्या हिमाल पनि भन्ने गरिन्छ । पर्यटकीय हिसाबले निकै मनमोहक यी हिमाललाई तराईको बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर विकास गरिनुपर्ने पर्यटन क्षेत्रका विज्ञहरु बताउँछन् । यी हिमाल निकै मनमोहक छन् ।

रुकुमका हिमालसँगै रोल्पा र रुकुमका कतिपय स्थलहरु युद्ध पर्यटनका हिसाबले पनि विकसित हुँदै गएका छन् । रोल्पाको लिवाङ, थवाङ लगायतका युद्ध पर्यटनका क्षेत्रहरु पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । यी युद्ध पर्यटनका क्षेत्रलाई विश्वसामु चिनाउन स्थानीय सरकार तथा प्रदेश सरकारले पहल गर्नुपर्ने देखिन्छ ।