काेसी प्रदेश : उद्धव थापाले दिए संसदीय दलकाे नेताबाट राजीनामा

काेसी प्रदेश : उद्धव थापाले दिए संसदीय दलकाे नेताबाट राजीनामा


काठमाडौँ ।

नेपाली कांग्रेस कोशी प्रदेशको प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन्।

सत्ता गठबन्धनले नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्री भएका केदार कार्कीलाई समर्थन गरेपछि थापाले संसदीय दलकाे नेताबाट राजीनामा दिएका हुन्। थापा यसअघि दुई पटक मुख्यमन्त्री भए पनि अदालतको फैसलापछि उनको पद गएको थियो।

‘अहिलेको सरकार निर्माणमा भएका सबै कुरा नियाल्दा म पनि कारक रहेछु भन्ने लाग्यो। त्यसैले नैतिकताका आधारमा राजीनामा दिएको छु,’ थापाले पत्रकार सम्मेलन गरेर भनेका छन्।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाको पक्षबाट केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीले भाेलि शपथ लिने भएका छन् ।

No description available.