७ सयले घट्यो सुनको मूल्य, १५ दिनभित्र ४ हजारले बढ्ने प्रक्षेपण

७ सयले घट्यो सुनको मूल्य, १५ दिनभित्र ४ हजारले बढ्ने प्रक्षेपण


काठमाडौं ।

आज (सोमबार) सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घटेको छ ।

सुनचाँदी व्यावसायी महासंघले जनाएअनुसार आज छापावाल सुन तोलाको १ लाख १२ हजार ३ सय रुपैयाँ प्रतितोलामा काराेबार भइरहेको छ । हिजो सुनकाे मूल्य तोलाको १ लाख १३ हजार रुपैयाँ थियो।

आज सुनको मूल्य घटेको भए पनि अबको १५ दिनमा तोलामा करिब ४ हजार बढ्ने सुनचाँदी व्यावसायी महासंघले अनुमान गरेको छ ।

अन्तर्राष्ट्रिय बजारका अन्य क्षेत्रमा लगानीको वातावरणमा खलल पुग्दा सुनमा लगानी गर्न आकर्षण बढेको छ। जसले गर्दा सुनको मूल्य निरन्तर बढिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्य बताउँछन्।

उनका अनुसार अहिले इजरायल–प्यालेस्टाइन युद्धका कारण कच्चातेल, सेयर बजार, घरजग्गालगायत क्षेत्रका लगानीकर्ता त्यसतर्फको लगानीबाट विमुख हुँदै सुरक्षित लगानीको खोजीमा सुनतिर आकर्षित भइरहेका छन्।