काेशीकाे विद्राेह राेक्न देउवालाई हम्मे, छलफल गर्न भन्दै आफ्नै घरमा डाके उपसभापति र महामन्त्री

काेशीकाे विद्राेह राेक्न देउवालाई हम्मे, छलफल गर्न भन्दै आफ्नै घरमा डाके उपसभापति र महामन्त्री


काठमाडाैँ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुको बैठक बोलाएका छन् ।

समसामयिक राजनीतिक विषय भनिए पनि कोशी प्रदेशकाे पछिल्लाे राजनीतिक विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई बोलाएकाे स्राेतले बताएकाे छ ।

देउवाले उपसभापति र महामन्त्रीहरुलाई ४ बजे धुम्बाराहीस्थित आफ्नै निवासमा बोलाएका छन् ।

सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीका नेतालाई दिने निर्णय गरेपछि नेता डा‌. शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेको थियो ।

एमालेको सहयोगमा कोइराला निकट केदार कार्की अहिले मुख्यमन्त्री बनेका छन् । कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् ।