गोली हानि १८ जनाको हत्या गरेको २ दिन पछि मृत भेटिए अभियुक्त

गोली हानि १८ जनाको हत्या गरेको २ दिन पछि मृत भेटिए अभियुक्त


लिस्वन ।

अमेरिकामा १८ जनाको गोली हानि हत्या गर्ने कुख्यात अपराधी मृत अवस्थामा फेला परेका छन ।

लिस्वनको मेन सहरमा भएको गोलीकाण्डमा १८ जनाको हत्या र १३ जनालाई घाइते बनाउने अभियुक्त मृत अवस्थामा फेला परेका हुन ।

सिएनएनका अनुसार गत बुधबार भएको गोली काण्डपछि फरार रहेका उनी शुक्रवार मृत अवस्थामा फेला परेका छन । सिएनएनका अनुसार उनले आफैले गोली हानेको अवस्थामा भेटिएका थिए ।

समाचार अनुसार अभियुक्त रोबर्ट कार्डको शव लिस्बन नजिकैको जंगलमा फेला परेको थियो, जहाँबाट बुधवार साँझ लुइस्टनमा गोली हानाहान भएको थियो । उनको शव गोली हानाहान भएको क्षेत्र भन्दा करिब ८ माईल टाढा फेला परेको हो । उनको शव फेला परेको स्थान रिसाइक्लिंग प्लान्टको नजिक रहेको छ ।

बुधवार साँझको लेविस्टनको बलिङ्ग गल्ली र रेस्टुरेन्टमा भएको गोलीबारी पछि उनी बेपत्ता भएका थिए, जसलाइ खोज्नका लागि प्रहरीले दुइ दिनसम्म कठिन मेहनत गरेको थियो । सो गोलीकाण्ड मच्चाए पछि बेपत्ता भएका उनले पुनः हमला गर्न सक्ने भन्दै सो क्षेत्रका आश्रयस्थल, स्कूल र व्यवसायहरूसमेत बन्द गराइएको थियो ।

गत वर्ष टेक्सासको उभाल्डेको एक विद्यालयमा भएको नरसंहार पछिको यो हमला सबैभन्दा घातक अमेरिकी सामूहिक गोलीबारीको रूपमा हेरिएको छ ।

उनको मृत शरिर फेला परे पछि अमेरिकी अधिकारीहरूले राति १० बजे पत्रकार सम्मेलन गरेर बिस्तृत जानकारी दिने बताएका छन् ।