१७ लाखभन्दा बढीको अवैध मालसामान बरामद

१७ लाखभन्दा बढीको अवैध मालसामान बरामद


धनुषा ।

सशस्त्र प्रहरी कार्यालय धनुषाले १७ लाखभन्दा बढीको अवैध मालसामान बरामद गरेको छ ।

जिल्लाको मिथिला नगरपालिका–९, बडहरीबाट सोमबार साँझ १७ लाख ३० हजार रुपयाँ मूल्य बराबरको अवैध मालसामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोली र राजस्व भन्सार कार्यालय जनकपुरको टोलीले १४ लाख ८० हजार रुपैयाँमूल्य बराबरको दुई हजार नौ सय ६० थान मोबाइलको डिस्प्ले र दुइ लाख ५० हजार रुपैयाँमूल्य बराबरको तीन सय ३३ थान कुर्ता सुरुवाल बरामद गरिएको सशस्त्र प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

बरामद गरिएका सो मालसामान आवश्यक कारवाहीका लागि राजस्व भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।