पराल बोकेको गाडी दुर्घटना, २ जनाको मृत्यु

पराल बोकेको गाडी दुर्घटना, २ जनाको मृत्यु


काभ्रे ।

काभ्रे गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो सवा २ बजे पनौती नगरपालिका-२ सिलाभन्ज्याङस्थित कुशादेवीबाट नयाँगाउँ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको पराल बोकेको गाडी ब्रेक फेल भएर दुर्घटना भएको हो ।
दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

घाइतेको उपचारको लागि सिरमेमोरियल अस्पतालमा पठाइएको थियो। अस्पताल पुर्‍याउँदा चालक कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका-२ बस्ने ५० वर्षीय शिवबिक्रम केसीको मृत्यु भएको हो।

बेथानचोक गाउँपालिका-२ का ४५ वर्षीय सारदा तिमल्सिनाको टाउको, घाँटी र दुबै हात-खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।