भन्सार छली ल्याएको सुनको ढिक्का, सिक्रीसहित ५ जना पक्राउ

भन्सार छली ल्याएको सुनको ढिक्का, सिक्रीसहित ५ जना पक्राउ


फाइल फाेटाे

काठमाडौं ।

अवैध रूपमा भन्सार छलि सुनको कारोबार गरेको अभियोगमा ५ जनालाई काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भोजपुर सालपासिलिछो गाउँपालिका-४ ठेगाना भएका २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरूवा नगरपालिका-९ ठेगाना भएका ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका-८ ठेगाना भएका ४९ वर्षीय कारी ईसार केवट, खोटाङ रूपाकोट मजुवागढी नगरपालिका-१५ ठेगाना भएका २८ वर्षीय अर्जुन भट्टराई र गोरखा गण्डकी गाउँपालिका(२ घर भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका छन् ।

कतारबाट आएका केही व्यक्तिहरूले भन्सार छलि अवैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई जम्मा २ सय १४ ग्राम ३६ मिलिग्राम तौल भएको सुनको ढिक्का ३ थान, जम्मा ५० ग्राम ०१ मिलिग्राम तौल भएको सिक्री ३ थान र नगद १ लाख १० हजार रूपैयाँसहित पक्राउ गरेको हो ।

उनीहरूलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा आवश्यक कारबाही तथा अनुसन्धानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।