रिगलविरुद्धको रिटमा आज फैसला

रिगलविरुद्धको रिटमा आज फैसला


काठमाडौं ।

बाँकेका योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।

रिटमा बुधबार सुनुवाइ सकिएकाले आज फैसला आउने भएको हो ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दाको सुनवाइ भएको थियो । सुनुवाइ सकिएकाले आज फैसला आउने सर्वोच्च प्रशासनले जनाएको छ ।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हत्या अभियोगमा जेल परेका ढकालको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेका थिए । लगत्तै ढकाल कारागारबाट मुक्त भएका थिए ।

तर ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारतीले सरकारको निर्णय खारेज हुनुपर्ने माग राख्दै गत १७ असोजदेखि माइतीघरमा अनशन सुरु गर्दै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन् ।