काठमाडौं । अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको भन्दै कात्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न आग्रह गरेको छ।
विभागले सूचनामार्फत उक्त तीन दिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको पूर्वानुमान गरिएकाले पदयात्रा रोक्न अनुरोध गरेको हो।
विभागले जोखिमयुक्त क्षेत्रमा जाने तयारीमा रहेका तथा ती क्षेत्रमा पुगिसकेका पदयात्री र विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ। साथै, उक्त अवधिमा निषेधित क्षेत्रमा पदयात्रा नगर्न र नगराउन पनि विभागले अनुरोध गरेको छ।
विभागका अनुसार यस अवधिमा जोखिमयुक्त क्षेत्रमा पदयात्राका लागि अनुमति समेत प्रदान गरिने छैन।

प्रतिक्रिया