बारा ।
बारामा एक महिलाको शव भेटिएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका-६ मा एक महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमरा र जितपुरको टोली घटनास्थलमा पुगेको थियो ।
महिलाको मुखमा चोटपटक लागेको देखिएकाले हत्याको आशंका गरिएको छ ।
प्रतिक्रिया