पक्राउ परेका इकु, चक्र बमसहितका कलाकार १५-१५ हजार धरौटीमा रिहा

पक्राउ परेका इकु, चक्र बमसहितका कलाकार १५-१५ हजार धरौटीमा रिहा


काठमाडौं ।

जुवातास खेलेको आरोपमा पक्राउ परेका कलाकारहरु इकु, गजित विष्ट, गम्भीर विष्ट, शंकर आचार्य, चक्र बमसहित ९ जना धरौटीमा रिहा भएका छन् ।

उनीहरुलाई बुधबार बेलुका १५-१५ हजार रुपैयाँ धरौटीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंले  जनायो ।  ।

रिहा भएपछि मिडियासँग कुरा गर्दै सुलेमान शंकर ‘इकु’ले विष्ट दाजुभाइसँग भिडियोबारे कुराकानी गर्न गएको बेला आफूलाई समेत पक्राउ गरिएको दाबी गरे ।