डुङ्गा पल्टिँदा २ जनाको मृत्यु, ७ जना घाइते

डुङ्गा पल्टिँदा २ जनाको मृत्यु, ७ जना घाइते


काठमाडौं ।

भारतको पूर्वी राज्य बिहारमा डुङ्गा पल्टिँदा २ जनाको घटनास्थलमै मृत्यु हुनुका साथै ७ जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

बिहारको राजधानी पटनाबाट करिब ८५ किलोमिटर उत्तरपश्चिममा रहेको सारण जिल्लास्थित माझी क्षेत्रमा रहेको सरयु नदीमा बुधबार साँझ डुङ्गा पल्टिएको थियो । अधिकारीहरूका अनुसार १० जना पौडी खेलेर बाहिर आएका थिए ।

“बुधबार साँझ सरयु नदीमा १९ जना सवार डुङ्गा पल्टियो, दुई जनाको शव निकालेका छौँ र हराइरहेका सात जनाको खोजी भइरहेको छ”, सारणका जिल्ला अधिकारी अमन समिरले भने, “पौडी खेलेर बचेका १० जना सुरक्षित छन् ।”

डुङ्गा पल्टिएपछि अधिकारीहरूले खोजी तथा उद्धार अभियान टोलीलाई घटनास्थलमा पठाएका छन् ।