ट्याक्टरले खेत जोत्दा १२ वर्षीया किशोरी शव भेटिएपछि…

ट्याक्टरले खेत जोत्दा १२ वर्षीया किशोरी शव भेटिएपछि…


बाँके ।

डुडुवा गाउँपालिका १ बस्ने एक किशोरीको रहस्यमय मृत्यु भएको छ ।

अघिल्लो दिनदेखि बेपत्ता स्थानीय श्यामलाल हरिजनकी छोरी १२ वर्षीया रिता हरिजनको मंगलबार शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो ।

बाँके प्रहरीका अनुसार, ट्याक्टरले खेत जोत्ने क्रममा शव फेला परेको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले ट्याक्टर चालकलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

डुडुवा गाउँपालिका १ टेपरीस्थित खेतमा गाडिएको अवस्थामा किशोरीको शव फेला परेको हो ।

प्रहरी स्रोतका अनुसार, किशोरीको हत्या आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर बाँके प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘एक–दुई दिनमै हामी एउटा निष्कर्षमा पुग्छौं,’ बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले भने ।