नग्न अवस्थामा मनिषाको शव फेला

नग्न अवस्थामा मनिषाको शव फेला


गुल्मी ।

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

चन्द्रकोट–५ निवासी १५ वर्षीया मनिषा रुचालको शव फेला परेको हो ।

उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।मनिषाकी आमाका बिहीबार दिउँसो ११ बजेतिर खेतमा काम गरिरहेकाहरुलाई सुर्ति किनिदिन भन्दै उनी पसलमा गएकी थिइन् ।

अबेलासम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनी शुक्रबार बिहान मृत फेला परेकी हुन् ।

मृत फेला परेकी मनिषा चन्द्रकोट ५ धुवाँखर्क निवासी हुन् । उनको परिवार चन्द्रकोट ४ श्रीलंका टोलमा बस्दै आएको छ ।