दिल्लीको हावामा धुलो र धुवाँ मात्रै, २ दिनसम्म बिद्यालय बन्द

दिल्लीको हावामा धुलो र धुवाँ मात्रै, २ दिनसम्म बिद्यालय बन्द


नयाँ दिल्ली ।

देशको राजधानी दिल्लीको हावा लगातार खराब हुँदै गइरहेको छ ।

दिल्लीका धेरै क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० ४२२ पुगेको छ। जनता विषाक्त हावामा सास फेर्न बाध्य छन् ।

अवस्था यस्तो छ कि अहिले डाक्टरहरुले पनि प्रदूषणबाट बच्न सल्लाह दिन थालेका छन् । विशेषगरी बालबालिका, बृद्धबृद्धा र बिरामीहरुलाई बढी सजग रहन अपिल गरिएको छ ।

विगत केही दिनदेखि दिल्लीको एयर क्वालिटी इन्डेक्स लगातार खराब श्रेणीमा रेकर्ड भइरहेको थियो तर अहिले स्थिति थप खराब भएको छ। जताततै धुवाँ छ ।

बिहीबार राजधानीका धेरै क्षेत्रमा वायु गुणस्तर सूचक (एक्यूआई) ४ सयको स्तर नाघेर गम्भीर श्रेणीमा पुगेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार एक्यूआई ४ बजे ३९२ मा रेकर्ड गरिएको थियो भने यो संख्या एक घण्टा पछि गम्भीर श्रेणीमा आयो, त्यसपछि यो संख्या १० बजे सम्म ४२२ मा पुग्यो ।

जसका कारण केन्द्र सरकारको प्रदूषण नियन्त्रण योजनाको तेस्रो चरणअन्तर्गत दिल्लीमा हल्का कमर्शियल गाडी र डिजेलबाट चल्ने ट्रकको प्रवेशमा प्रतिबन्ध लगाइएको थियो।

यससँगै दिल्लीका सबै निजी र सरकारी विद्यालयहरू आज र भोलि बन्द रहने भएका छन्। यससँगै निर्माणको काममा पनि रोक लगाइएको छ ।