२ पाइलटको कुटाकुटले विमानस्थल प्रमुखको जागिर चैट

२ पाइलटको कुटाकुटले विमानस्थल प्रमुखको जागिर चैट


काठमाडौं ।

२ पाइलटबीच विमानस्थलमै भएको झगडा प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ ।

प्राधिकरणका अनुसार यस विषयमा अनुसन्धान अगाडि बढाइएको छ । सो क्रममा विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेका हुन् ।

यसअघि रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ ।

प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो ।

तारा एयरका २ पाइलटबीच विमानस्थलमै कुटाकुट