पहिलोपटक तिप्लिङ पुगेर आयो सरकारी गाडी

पहिलोपटक तिप्लिङ पुगेर आयो सरकारी गाडी


धादिङबाट नुवाकोट, रसुवाको स्याप्रुबेसी हुँदै रुवीभ्याली–१, पाङसाङ पास पुगेको जिप ।

यो जिप रुवीभ्यालीको तिप्लिङ, सेर्तुङ र खनियाबासको किन्ताङफेदी हुँदै धादिङबेँसी आइपुगेको छ ।

धादिङबेसी तिप्लिङ सडक खोलिएपछि सरकारी टोलीले पहिलो पटक यो बाटो पार गरेको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा निर्माण भएको मोटरेबल पुल । घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएपछि पोखरेबगर–पाउद्वार सडकमा बाह्रै महिना यातायात सञ्चालन हुन थालेको छ ।