भूकम्पले स्वास्थ्य संस्था छियाछिया, खुल्ला आकाशमुनी बसेरै सेवा

भूकम्पले स्वास्थ्य संस्था छियाछिया, खुल्ला आकाशमुनी बसेरै सेवा


जाजरकोट ।

भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा रहेको स्वास्थ्य संस्थामा पनि क्षति पुगेपछि यहाँको स्वास्थ्य सेवा खुल्ला आकाशमुनी बसेरै दिन थालिएकोे छ ।

दस शश्याको अस्पतालमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थामा भूकम्पले भवन छियाछिया बनाएकाले खुल्ला आकाशमुनी बसेरै सेवा दिनुपरेको हो ।

गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवासमेत खुल्ला आकाशमुनी बसेरै दिनु परेको सिनियार अनमी कल्पना रोकायले बताए ।

भवनको कुनै ठाउँ पनि सक्लो नहुँदा काम गर्न मुस्किल भएपछि एम्बुलेन्स राख्न बनाइएको ठाउँमा आवश्यक उपकरण राखेर उपचार गर्नुपरेको उनको भनाइ थियो । अहिले पनि पराकम्पन गइरहेकोले सेवा प्रवाहमा समस्या भएको सिनियार अनमी रोकायले जानकारी दिए ।

गाउँपालिकाको केन्द्रबाट झण्डै चार किलोमिटर टाढाको दूरीमा रामीडाडा पर्दछ । अहिले भूकम्पबाट घाइते भएका सर्बसाधारण तथा अन्यलाई समेत सेवा दिन समस्या भएको उनले जानकारी दिए ।

दस शश्याको नयाँ भवन निर्माण नभएको र पुरानै भवनबाट सेवा उपलब्ध गराउँदै आइएकामा अहिले भूकम्पले भवनमा क्षति पु¥याएकाले हैरानी खेप्नु परेको हो ।