नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य


काठमाडौं ।

टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ र गुल्सन झाले ५४ रन बनाए ।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पनि ३१ रन, सन्दीप जोराले १०, करण केसीले अविजित २० रन बनाए ।

ओमानका बलर बिलाल खानले ३ विकेट लिए । अकिब इलियसले पनि दु२ विकेट हात पारे । जिसन मक्सुदले १ विकेट लिए ।