तिहारकालागि सुनचाँदीका सिक्का बिक्री सुरु, कहाँ र कतिमा पाइन्छ ?

तिहारकालागि सुनचाँदीका सिक्का बिक्री सुरु, कहाँ र कतिमा पाइन्छ ?


काठमाडौं।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले सुनको असर्फी तथा चाँदीको सिक्का बिक्री वितरण सुरु गरेको छ।

राजधानीको बबरमहस्थित टक्सार महाशाखाले कार्यालयबाट आइतबारदेखि सिक्का बिक्री वितरण सुरु गरेको जनाएको हो।

धनतेरसका लागि राष्ट्र बैंकले फाइन सिल्भरमा सिक्का निकालको छ। गाई छाप सिक्का २५ ग्राम र १० ग्रामको छ। यस्तै १० ग्राम लक्ष्मी, गणेश र गजलक्ष्मी अंकित १०र१० ग्रामका चाँदीका सिक्का बिक्री वितरणका लागि राखेको छ।

२५ ग्रामको चाँदीको सिक्का राष्ट्र बैंकले ४ हजार मूल्यमा बिक्री गरिरहेको छ। बाँकी अन्य १० ग्रामका चाँदीका सिक्कालाई १ हजार ६ सय रुपैयाँ मूल्य पर्छ।

राष्ट्र बैंकले उक्त सिक्का धनतेरस अर्थात यही आउँदो शुक्रबारसम्म मात्र बिक्री गर्ने भएको छ। सिक्का खरिदका लागि इच्छुकले बिहान १० देखि ४ बजेसम्म टक्सार पुग्नुपर्छ। शुक्रबार भने १ बजेसम्म मात्र सिक्का बिक्री वितरण खुला रहने महाशाखाले जनाएको छ।

यस्तै राष्ट्र बैंकले तिहारलक्षित ९.९९ क्यारेटको १० ग्राम, ५ ग्राम र २.५ ग्रामका सुनको असर्फी पनि निकालेको छ।

असर्फीको मूल्य हरेक दिन परिवर्तन हुने गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तोक्ने सुनको मूल्य र अन्तर्राष्ट्रिय बजारको मूल्यलाई तुलना गरेर तोकि बिक्री गरिने टक्सार महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार सुनका असर्फीको मूल्य १० ग्रामको १ लाख २ हजार ३ सय ६५ रुपैयाँ तोकेको छ। यस्तै ५ ग्रामको ५१ हजार १ सय ८३ रुपैयाँ र २।५ ग्रामको असर्फीको मूल्य २५ हजार ५ सय ५२ रुपैयाँ छ।

महाशाखाले सुनका असर्फी तथा चाँदीका सिक्का बिक्री वितरणका लागि ५ वटा काउन्टरको व्यवस्था गरेको छ। एउटा काउन्टरमा नगद नबोकी जाने ग्राहकका लागि क्यूआरको पनि व्यवस्था छ। अर्कोमा वृद्धवृद्धा र बालबालिकाका लागि, अर्को काउन्टरमा सर्कुलेसन सिक्का९१ र २ को सिक्का०का लागि छ। एउटा काउन्टर चाँदीको मात्र सिक्का बिक्री गर्नका लागि छ। एउटा काउन्टर सुनचाँदीका सिक्का र असर्फी दुवैका लागि व्यवस्था गरिएको छ।

सिक्का लिनका लागि नागरिकता तथा कुनै पनि खालको परिचयपत्र लिएर जानु नपर्ने महाशाखाले जनाएको छ। एक जनाले असर्फी तथा चाँदीको एक सेट सिक्का मात्र खरिद गर्न पाउने व्यवस्था छ।