एनआइसी एसिया बैंकले भूकम्पपिडितका लागि ५१ लाख नगद दिने

एनआइसी एसिया बैंकले भूकम्पपिडितका लागि ५१ लाख नगद दिने


काठमाडौं।

एनआइसी एसिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको उद्धार तथा राहतका लागि ५१ लाख रुपैयाँ नगद सहयोगको घोषणा गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको हो।

गत शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा क्षति पुर्‍याएको छ।