माओवादी केन्द्रले भूकम्पपीडितलाई ६० लाख रूपैयाँ दिने

माओवादी केन्द्रले भूकम्पपीडितलाई ६० लाख रूपैयाँ दिने


काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्पपीडितलाई ६० लाख रूपैयाँ सहयोग गर्ने भएको छ। माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले केन्द्रबाट ५० लाख र प्रदेश कमिटीबाट एक एक लाख गरी ६० लाख रूपैयाँ नगद भूकम् पीडितलाई उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।

त्यस्तै यो दुःखको घडीमा गणतन्त्र र संघीयताविरोधीहरूका विरूद्ध २२ मंसिरका लागि घोषणा गरेको काठमाडौंको जनप्रदर्शन स्थगित गर्ने निर्णय गरिएको उनले बताए।

उनले भने, ‘यो दुखद् क्षणमा पूर्वनिर्धारित काठमाडौंको प्रर्दशन तत्कालका लागि स्थगित गर्ने र सम्पूर्ण शक्ति भूकम्पपीडितको राहत तथा पुनर्वासमा लगाउने निर्णय भएको छ।’

काठमाडौंबाहेक अन्य स्थानमा पूर्वनिर्धारित कार्यक्रम यथावत रहेको बताएका उनले कर्णाली प्रदेशका सम्पूर्ण माओवादी नेता(कार्यकता पीडितको राहत तथा पुनर्वासका आवश्यक अस्थायी संरचना निर्माणमा खटिने बताए।