डेढ तोला सुन लुट्न वृद्धाको हत्या

डेढ तोला सुन लुट्न वृद्धाको हत्या


कञ्चनपुर ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –७ शान्तिपुरस्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा हत्या गरिएको अवस्थामा वृद्धाको शव फेला परेको छ ।

सोही वडाका ६३ वर्षीया नारुदेवी जोशी (नन्दादेवी) को शव फेला परेको हो ।
हिजो मध्याह्न घाँस काट्न जंगल गएकी जोशी घर नफर्केपछि खोजतलास गर्ने क्रममा आज बिहान ४ बजेतिर हत्या गरिएको अवस्थामा शव फेला परेको वडाध्यक्ष प्रताप धामीले जानकारी दिए ।

उनका अनुसार वृद्धाको हत्यापछि उनले लगाएको १ तोलाको मुन्द्रा, २ आनाको तिलहरी, २ आनाको नथियालगायत गरी डेढ तोलाको सुनको गहना लुटिएको छ ।

सुन लुट्नकै लागि उनको हत्या भएको आशंका गरिएको छ ।