जाजरकोटमा एकै दिन ५७ वटा सानाठुला परकम्प

जाजरकोटमा एकै दिन ५७ वटा सानाठुला परकम्प


काठमाडौं ।

गत शुक्रबार गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्प पछि जाजरकोटमा लगातार परकम्पहरू गइरहेका छन् ।

पछिल्लो एक दिनमा मात्र त्यहाँ थप ५७ वटा सानाठुला परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

मंगलबार बिहानसम्म कूल परकम्पको सङ्ख्या ४ सय ३९ पुगेको छ । सबै परकम्पको केन्द्रबिन्दु रामिडाँडा आसपास रहेको छ ।

सोमबार अपराह्न ४ बजेर ३१ मिनेट जाँदा ५.८ म्याग्निच्युडको सबैभन्दा ठुलो परकम्प गएको थियो । त्यस लगत्तै ४.५ को अर्को परकम्प पनि गएको थियो ।

ठुलो भूकम्प पश्चात् परकम्पहरू जाने नियमित प्रक्रिया भएको केन्द्रको भनाई छ । जाजरकोट भूकम्पमा परेर हालसम्म १ सय ५३ जनाको मृत्यु भएको छ भने २ सयभन्दा बढी घाइते भएका छन् ।