करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर २ जनाको मृत्यु


झापा ।

झापामा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको छ ।

झापाको दमक र कन्काईमा करेन्ट लागेर एक एकजनाको मृत्यु भएको हो ।

दमक नगरपालिका–३ स्थित खोल्सीमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर भोजपुर नगरपालिका–११ का ३५ वर्षीया चंखबहादुर सार्कीको मृत्यु भएको हो ।

कन्काई नगरपालिका–३ स्थितमा हरिहर पराजुलीको दुई तले घरमा टिनको छाना लगाउने क्रममा करेन्ट लागेर कन्काई नगरपालिका–६ का ३६ वर्षीय रामकुमार श्रेष्ठको मृत्यु भएको हो ।