छाडा चौपायकालागि १० मेट्रिक टन साइलेज ल्यायौं, २ जनाले दैनिक ज्यालादारीमा हेरचाह गर्नेछन् : मेयर बालेन

छाडा चौपायकालागि १० मेट्रिक टन साइलेज ल्यायौं, २ जनाले दैनिक ज्यालादारीमा हेरचाह गर्नेछन् : मेयर बालेन


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा काञ्जी हाउसमा राख्ने भएको छ ।

महानगरका मेयर बालेन साहले कार्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने बताएका हुन् ।

काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइएको छ । चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज ल्याइएको छ भने हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौँ । दक्षिणकाली नगरपालिकाको वडा नं. ७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधा प्रबन्ध गर्दैछौँ । बालेन भन्छन् ।

उनी थप्छन् सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् , तिर्खा लागेका बेला पानी पाउँदैनन् , विरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ , उनीहरुलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ ।