बरुण हाइड्रोको उत्पादन ठप्प, २ करोड ९ लाखको नोक्सान

बरुण हाइड्रोको उत्पादन ठप्प, २ करोड ९ लाखको नोक्सान


काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बरुण हाइड्रोपावर कम्पनी २ करोड ९ लाख रुपैयाँ नोक्सानीमा गएको छ ।

कम्पनीबाट सञ्चालित विद्युत् आयोजनाको उत्पादन बन्द भएपछि नोक्सानीमा गएको हो ।

असारको पहिलो साता आएको बाढीका कारण हेवाखोला आयोजनामा क्षति पुगेपछि विद्युत् उत्पादन ठप्प छ । जसले गर्दा कम्पनी अहिले नोक्सानीमा पुगेको हो ।

गत वर्षको पहिलो त्रैमासिक अवधिमा कम्पनीले ३ करोड २४ लाख रुपैयाँको विद्युत् बिक्री गरेको थियो भने ९९ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

अहिले कम्पनी नोक्सानी गएपछि वाषिर्क प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६६ पैसा ऋणात्मक भएको छ ।

प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ छ । सेयर बजारमा कम्पनीको मूल्य प्रतिकित्ता २०३ रुपैयाँमा झरेको छ ।