भूकम्पका घाइतेहरुको अबस्था अझै गम्भीर छ, उपयुक्त अस्पतालमा तत्काल रिफर गर्नुहोस् : मन्त्री ज्वाला

भूकम्पका घाइतेहरुको अबस्था अझै गम्भीर छ, उपयुक्त अस्पतालमा तत्काल रिफर गर्नुहोस् : मन्त्री ज्वाला


काठमाडौं ।

४ दिनदेखि भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यानमा रहनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधवार घाइते र चिकित्सहरुसँग भेट गरेका छन् ।

भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।

विनाशकारी भूकम्पमा परी घाइते भएका मध्ये केहिको अबस्था अझै सुधार हुन सकेको छैन । सुधार हुन नसकेका विरामीलाई काठमाडौं लगायतका अस्पतालमा रिफर गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन्। ‘केही विरामीको अबस्था अझै गम्भीर छ, उहाँहरुको उपचार भेरी अस्पतालमा सम्भव नभए अर्को ठाउँमा पठाउनु पर्छ’ मन्त्री ज्वालाले चिकित्सकहरुसँग कुरा गर्दै भने ‘घाइतेहरुको उपचार गर्न सरकारले कुनै कसरत बाँकि राख्दैन, उपयुक्त अस्पतालमा रिफर गर्नुहोस् ।’

जाजरकोट, रुकुम, सल्यान लगायत प्रभावित क्षेत्रमा करिव २ सयजना घाइते भएका छन् । घाइतेमध्ये धेरै भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । बुधवार विहान मन्त्री ज्वालाले सवै घाइते र उपचारमा संलग्न चिकित्सकहरुसँग भेट गरेका छन् ।

मन्त्री ज्वालाको गृहजिल्ला सल्यानमा दुई जनाको ज्यान गएको छ भने सयौं घरहरु भत्किएका छन् । मृतकको घरमा पुगेका थिए भने क्षतिको विवरण तत्काल उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

प्रभावित क्षेत्रमा पुगेपछि मन्त्री ज्वालाले अवरुद्ध बनेका सडक र भासिएका पुलको पनि अबलोकन गरेका छन् । अबरुद्ध बनेका सवै सडकहरु तत्काल सुचारु गरिएको छ भने भासिएको पुल पनि निर्माण कार्य थालिएको छ ।