७ दिनभित्र माग पुरा नभए वडाअध्यक्षहरूले सेवा ठप्प पार्ने

७ दिनभित्र माग पुरा नभए वडाअध्यक्षहरूले सेवा ठप्प पार्ने


सिरहा ।

सिरहाको नरहा गाउँपालिकाका वडा अध्यक्षहरूले आन्दोलनको चेतावनी दिएका छन् ।

आर्थिक वर्ष २०७९/८० को आयव्यय विवरण, प्रत्येक वडामा एकजना कम्प्युटर अपरेटर, तत्काल कार्यक्रमहरूको कार्यादेश दिनुपर्ने लगायतका माग ७ दिनभित्र सम्बोधन नभए आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका हुन्।

वडा नम्बर १ का अध्यक्ष अशोक कुमार महतो, ४ का वडा अध्यक्ष रामविलेक्षण यादव र ५ का वडा अध्यक्ष हुकुमदेव यादवले आफूहरूको माग सम्बोधन नभए सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी दिए ।

वडा अध्यक्ष हुकुमदेव यादवले सूचनाको हक प्रयोग गरेर करिब एक महिनाअघि दिएको निवेदनको बेवास्ता गरेको भन्दै तत्काल माग गरेको सूचना दिनुपर्ने बताए।

उनले नयाँ आर्थिक वर्षको ४ महिना बितिसक्दा पनि कार्यालय सञ्चालन खर्च नदिएको, कार्यक्रमको कार्यादेश नदिएको भन्दै प्रशासकीय प्रमुख विधिसम्मत ढङ्गले चल्न नसकेको आरोप लगाए ।

‘हामीले ताली ठोकेर गाउँपरिषद् गरिदिएका छौं । कार्यक्रमहरू बनेको छ। कार्यालय प्रमुखले कसको निर्देशन पर्खेर बस्नुभएको हो रु हामीलाई तत्काल कार्यादेश चाहिन्छ,’ उनले भने ।

उनीहरूले आफूहरूको माग एक साताभित्र सम्बोधन नभए पालिका कार्यालयको गेटमै बसेर सेवा ठप्प पार्ने र वडा कार्यालय त्यहीँबाट सञ्चान गर्ने बताए ।