मुस्ताङबाट ६ जना भारतीय नागरिक पक्राउ

मुस्ताङबाट ६ जना भारतीय नागरिक पक्राउ


काठमाडौं ।

उपल्लो मुस्ताङमा ६ जना भारतीय नागरिक पक्राउ परेका छन्।

अनुमति नलिई उपल्लो मुस्ताङ पुगेका ६ जनालाई मुस्ताङ प्रहरीले पक्राउ परेको हो।

मुस्ताङ प्रहरी प्रमुख डिएसपी भोज पाण्डेका अनुसार अनुमति पत्र नभएकालाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि पोखरा पठाइएको छ।

पक्राउ पर्नेहरूमा भारत पश्चिम बङ्गाल स्थायी घर भएका शिवकुमार गुरुङ, बिर्सेन गुरुङ, रिकशाङ गुरुङ, दुर्गा गुरुङ, अभिषेक गुरुङ र सिद्धार्थ गुरुङ छन्।

उनीहरूलाई नेचुङ स्थित वीओपीमा प्रहरीले नियन्त्रणमा लिएको हो। लोमान्थाङ गाउँभन्दा माथि नेपाली नागरिकबाहेक अन्य देशका नागरिक विना अनुमति जान पाउँदैनन्।

अनुमति शुल्कबापत न्यूनतम पाँच सय डलर तिर्नुपर्छ। १० दिनभन्दा बढी बस्न चाहेमा दैनिक ५० डरलका दरले तिर्नुपर्छ।