जाजरकोटमा आज फेरि भूकम्प, हालसम्म साढे ६ सय परकम्प मापन

जाजरकोटमा आज फेरि भूकम्प, हालसम्म साढे ६ सय परकम्प मापन


काठमाडौं ।

जाजरकोटमा आज बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ ।

बिहीबार बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनायो।

जाजरकोटको बारेकोट गाउँपालिका(१ रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसयता झण्डै साढे ६ सय परकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जाजरकोट भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको ज्यान गइसकेको छ भने ३६४ जना घाइते भएका छन् । १७ हजार ८९६ घर पूर्णरुपमा र १७ हजार ८५० घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।