युट्युबर मनोज मानव पक्राउ

युट्युबर मनोज मानव पक्राउ


काठमाडौं ।

युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ परेका छन् ।

‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बुधबार (हिजो) साँझ काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए ।

सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा मनोज पक्राउ परेका हुन् । आफ्नो चरित्र हत्‍या गरेको भन्दै एक महिलाले व्यूरोमा उजुरी दिएकी थिइन् ।

मनोजलाई बिहीबार अदालतमा पेश गर्ने प्रहरीको तयारी छ । उनलाई कसको उजुरीका आधारमा पक्राउ गरिएको भन्नेबारे भने ब्युरोले खुलाएको छैन ।