धुर्मुसले अलपत्र छाडेको रंगशाला राष्ट्रिय गौरवको आयोजना !

धुर्मुसले अलपत्र छाडेको रंगशाला राष्ट्रिय गौरवको आयोजना !


काठमाडौं ।

सरकारले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएअनुसार, मन्त्रिपरिषद् बैठकमा नेपाली क्रिकेट खेलाडीले गरेको प्रदर्शनको विषयमा गम्भीरतापूर्वक छलफल भएको थियो।

क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएको मन्त्री शर्माले बताइन् ।