मुगुमा सामूहिक हत्या गर्ने २ आराेपी पक्राउ, आज सार्वजनिक गरिँदै

मुगुमा सामूहिक हत्या गर्ने २ आराेपी पक्राउ, आज सार्वजनिक गरिँदै


मुगु । 

छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका ४ जनाको हत्यामा संलग्न रहेकाे आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

उनीहरूलाई शुक्रबार पत्रकार सम्मेलन गरेर गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।

घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए।

कात्तिक ८ गते छायानाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका छोरा रहर र ८ वर्षीया छोरी अप्सराको सामूहिक हत्या गरिएको थियो।

हत्यारा पत्ता लगाउन कर्णाली प्रदेश प्रहरी, मुगु प्रहरी, सिआइबीलगायतकाे टोली खटिएको थियो ।