बालबालिकालाई यौन दुर्व्यवहार गर्नेलाई ७०७ वर्ष जेल !

बालबालिकालाई यौन दुर्व्यवहार गर्नेलाई ७०७ वर्ष जेल !


नाबालिगहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा ७०७  वर्षको सजाय पाएका ‘मोन्स्टर नानी’ समाचारमा छाएका छन्  ।

यी व्यक्ति पुरुष नानीको रूपमा काम गर्थे र धेरै मानिसले आफ्ना बच्चाहरूको हेरचाह गर्न उनलाई काममा राखेका थिए। उनले २ देखि १२ वर्षका १६ नाबालिग बालबालिकालाई आफ्नो शिकार बनाएपछि उनलाई त्यति धेरै ठुलो सजाय दिइएको हो ।

उनी बालबालिकालाई अश्‍लील भिडियो देखाउने, उनीहरूसँग गलत काम गर्नेलगायत ३४ वटा अपराधमा दोषी ठहर भएका छन् ।

यिनकाे नाम म्याथ्यु जाक्रजेव्स्की हो, जसलाई पीडितका छोराछोरीका परिवारहरूले अहिले ‘मोन्स्टर नानी’ भनेर सम्बोधन गरिरहेका छन्। म्याथ्युले यी बालबालिकालाई के गरेको हो ? भन्दै पीडित परिवारले मृत्युदण्डको मागसमेत गरेका छन् । उनले बालबालिकाको बाल्यकाल बिगारेको आरोप लगाएका छन् ।

मुद्दाको सुनुवाइ गरिरहेका ओरेन्ज काउन्टी जिल्ला अधिवक्ता टोड स्पाइजरले भने कि म्याथ्युले यी बालबालिकाको बाल्यकाल खोसेका छन् । भगवानको भेषमा उनीहरूको जीवनमा आएका यी जन्तुले उनीहरूको बाल्यकाल खोसिएकाले यी बालबालिकाले आफू बन्न चाहेको मान्छेलाई कहिल्यै थाहा नहुने बताए ।

म्याथ्युले आफूलाई मूल बेबी सिटरको रूपमा वर्णन गरेका छन् । उनका काम भनेको बेबी सिटिङ, गाइडिङ, छुट्टी र रातभर बेबी सिटिङ जस्ता सेवाहरू प्रदान गर्ने थियो । उनले एक वेबसाइट पनि बनाएका थिए, जहाँ उनले यो सबै जानकारी दिएका थिए । यहीँबाट मानिसहरूले उनलाई आफ्ना छोराछोरीको हेरचाहका लागि काममा राखेका थिए ।

तर, म्याथ्यु जाक्रजेस्की बाल यौन दुर्व्यवहार र पोर्नोग्राफीसहित ३४ वटा मुद्दामा दोषी ठहर भएका छन । ३४ मध्ये २७ वटा घटना १४ वर्षमुनिका बालबालिकासँग जबरजस्ती यौन सम्पर्क गरेको तथा २ जना १० वर्ष मुनिका बालबालिकासँग मौखिक सम्भोग गरेको र बाल पोर्नोग्राफीको एउटा घटना छ । नाबालिगसँग यौन सम्पर्क गरेको घटना पनि यसमा समावेश छ ।