नबिल बैंकले डाक्यो साधारण सभा

नबिल बैंकले डाक्यो साधारण सभा


काठमाडौं ।

नबिल बैंक लिमिटेडले आगामी पुस १३ गते ३९औं वार्षिक साधारण सभा गर्ने भएको छ ।

मङ्सिर १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा उक्त दिन बिहान १० बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा शुरु हुनेछ ।

सभाले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभाले पारित गरेपछि शेयरधनीले नगद लाभांश पाउनेछन् ।