काठमाडौँ ।
उच्च अदालत पाटनले टोपबहादुर रायमाझी, इन्द्रजित राई र टेकनारायण पाण्डे लगायतलाई थुनामै राख्ने आदेश सदर गरेको छ।
उनीहरूले धरौटीमा छाड्न दिएको निवेदनलाई इन्कार गर्दै थुनामै राखेर अनुसन्धान गर्ने जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको हो।
थुनामै राख्न आदेश दिएकामा रायमाझी, पाण्डे, इन्द्रजित राई, आङ्टावा शेर्पा, केशव दुलाल र टेकनारायण पाण्डे छन्।
उनीहरूले आफूलाई धरौटीमा छाड्नुपर्ने दाबी गर्दै जिल्ला अदालत काठमाडौंको आदेशबिरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।
यस्तै हरिभक्त महर्जन र टेकनाथ रिजाल, नरेन्द्र केसी, हज समितिका अध्यक्ष रहेका शमशेर मियाँ, एमाले नेता टोपबहादुरका छोरा सन्दीप भने धरौटी जमानतमा छुटेका छन् । महर्जन र रिजाललाई जनही १५ लाख, केसी र मियाँलाई १० लाख र सन्दीपलाई ३० लाख धरौटी जमानतमा रिहा गर्न आदेश दिएको हो ।
लक्ष्मी महर्जन र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ। यसअघि जिल्ला अदालत काठमाडौंले महर्जनलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
सोही प्रकरणमा थुनामा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भने थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा न्यायाधीशहरूबीच मत बाझिएको छ।
प्रतिक्रिया