स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु, बस जलाइयाे

स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु, बस जलाइयाे


लुम्बिनी ।

स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

लुम्बिनीबाट कालीदहतर्फ जाँदै गरेको सिद्धार्थ प्रतिभा इंग्लिस बोर्डिङ स्कुल सूर्यपुराको लु१क १७७८ नम्बरको बसले लु३७प ८४८२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-४ महुवारीस्थित कालीदह-ककरहवा सडकखण्डमा बिहान ८ बजे भएकाे दुर्घटनामा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा-४ अमारी बस्ने २१ वर्षीय मोहम्मद इरसाद र सोही ठेगानाकी १६ वर्षीया रुबिना खातुनको घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी, गम्भीर घाइते रहेकी १७ वर्षीया अफ्साना खातुनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

घटनापछि अक्रोशित स्थनीयले सो बस जलाइदिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको र घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।