एनसेलको सेयर खरिद बिक्रीका सबै विवरण १५ दिनभित्र पेस गर्न निर्देशन

एनसेलको सेयर खरिद बिक्रीका सबै विवरण १५ दिनभित्र पेस गर्न निर्देशन


काठमाडौं ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई एनसेलको सेयर खरिद बिक्रीका विषयमा १५ दिनभित्र सबै विवरण पेस गर्न निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकमा समिति सदस्यहरूले एनसेलको सेयर खरिद बिक्रीका विषयमा तत्काल सत्यतथ्य जानकारी गराउन माग गरेका थिए ।

समितिको अर्को बैठकमा एनसेलका प्रमुख कार्यकारी अधिकृत, अर्थ मन्त्री, दूरसञ्चार प्राधिकरणका पदाधिकारीलगायतलाई उपस्थित हुन निर्देशन दिइएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।